२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिममा सरकार गठनको समय सीमा आज सकिँदै


377
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको समय सीमा आज सकिँदैछ । नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सरकार गठन प्रक्रिया अनिर्णयको बन्दी बनेको छ । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय सीमा आज सकिने भएको हो ।

बुहमतका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सत्ता गठबन्धनबीच सरकार गठनबारे प्रदेश तहमा औपचारिक छलफल समेत हुन सकेको छैन । प्रदेश प्रमुख नरिज मियाँले सरकार गठनका लागि आइतबार बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो । गठबन्धनबीच सुदूरपश्चिममा कुन पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषय टुंगिन सकेको छैन ।

सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्ने भन्ने विषयमा केन्द्रमा गठबन्धनको शीर्ष तहमा सहमति भए पनि नागरिक उन्मुक्ति पार्टीले पनि नेतृत्व दाबी गरेपछि केन्द्रमा यस विषयमा निर्णय हुन सकेको छैन ।

प्रदेश सरकारमा सहभागिताको विषयमा नागरिक उन्मुक्तिभित्र विवाद चर्किँदै आएकोमा अहिले मुख्यमन्त्री को बन्ने भन्ने विषयमा विवाद बढेको छ । विश्वासको मत पाउन सक्ने अवस्था नभएपछि मुख्यमन्त्री कमलबहादुर शाहले गत चैत २२ गते राजीनामा दिनुभएको थियो ।