
काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै विजयी भएको छ ।
सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध ८ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो ।
हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
एसीसी प्रिमियर लिगमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस्