१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश गर्‍यो : उपप्रधानमन्त्री महासेठ


208
Shares

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

सोमबार नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महासेठले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री महासेठले नागढुंगा सुरुङमार्ग नेपालको आधुनिक सुरुङमार्ग भएपनि दक्षिण एशियामा सबै भन्दा पहिला सुरुङमार्ग नेपालमा नै निर्माण भएको बताउनुभयो । उहाँले हेटौँडामा अहिले पनि सुरक्षित रहेको सुरुङ मार्ग नेपालकै प्रविधिमा बनेको बताउनुभयो । उहाँले सरकारले सडक मार्गको समय छोटो बनाउन र यात्रालाई सुरक्षित बनाउनको लागि सुरुङमार्गलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री महासेठले नेपाली सेनाले निर्माण गरी रहेको काठमाडौं तराई दु्रतमार्गमा पनि १० किलोमिटर सुरुङमार्ग निर्माण भइरहेको बताउनुभयो । उहाँले सुरुङमार्ग निर्माणको निर्माण यायातातको लागि मात्रै नभएर अन्य विद्युत तथा सिंचाईको लागि पनि प्रयोग हुन थालेको बताउनुभयो । उहाँले सुनकोशी मरिण ड्राइभर्सन पनि ब्रिक थु्र हुनको लागि ७ सय मिटर मात्रै बाँकी रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री महासेठले सुरुङ मार्ग निर्माणमा एक महिना स्थानीयवासीहरुको कारण बन्द भएको भन्दै सरकारले स्थानीयवासीको मागलाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले स्थानीयवासीका मागहरु खानेपानी व्यवस्थापन,सडकको व्यवस्थापन नेपाल सरकारले गर्ने बताउनुभयो ।