१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु


468
Shares

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि सुरु भएको छ ।

जनबहाः मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई नगर परिक्रमा गरेपछि जमयम्पी तीनधारा पाठशाला अगाडि रथमा प्रतिस्थापन गरेर रथयात्रा सुरु भएको हो ।

रथलाई साँस्कृतिक बाजागाजाका साथ तानेर घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै मंगलबारनै असनसम्म पु¥याइएको छ । दोस्रो दिन असनबाट हनुमानढोका, तेस्रो दिन लगनटोल पु¥याइन्छ । लगनटोलमा रहेको सेतो मच्छिन्द्रनाथकी आमा मानिजे माँसिमामा तीन पटक परिक्रमा गरेपछि यो रथयात्रा समापन हुनेछ ।

नेपाल, भारत, तिब्बत चीन, भुटान, मंगोलिया, जापान लगायतका देशका बज्रायानी महायानीहरुले सेतो मच्छिन्द्रनाथलाई बोधीसत्वको रुपमा पुज्ने गर्दछन् । साथै शैव, नाथ र शाक्त संम्पदायले शक्तिका रुपमा पुग्ने गर्दछन् ।