१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


खेलकुदमा नयाँ युगको शुरुवात भयो : मन्त्री श्रेष्ठ


832
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरुमा नयाँ युगको शुरुवात भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरुबाट खेलाडीहरु उत्पादन गरेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुराहरु सुधार्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । उहाँले तीन दशकदेखिका बेथितिहरुलाई सुधारेर सम्भावनाहरुलाई पनि खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सबैजना निष्ठाका साथ इमान्दार भएर कोशिस गर्ने हो भने खेल क्षेत्रले भविष्यमा राष्ट्रको झण्डा फर्फराउने बताउनुभयो ।

मन्त्री श्रेष्ठले खेलकुदको माध्यमबाट राष्ट्रिय एकता बलियो बनाउन आह्वान गर्नुभयो ।