६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ऐन परिमार्जन गरेर अधिकार स्थापित गर्छौं : मन्त्री चौधरी


338
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताउनुभएको छ ।

बुधबार इलाम जिल्लामा लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकको पक्षमा काम गर्न केही ऐन, नियमावली परिमार्जन गरेर काम गर्ने तयारी गरेको बताउनुभयो ।

मन्त्री चौधरीले आफू महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकहरूको क्षेत्रमा काम गर्ने जिम्मेवारीमा रहेको भन्दै संवेदनशील विषयको नेतृत्व गर्ने जिम्मेवारी रहेको बताउनुभयो । उहाँले चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी नीति ल्याउन लागेको बताउनुभयो ।

कार्यविधि बनाएर ७५३ वटै स्थानीय तहमार्फत लागू गरिने उहाँले बताउनुभयो । त्यस्तै जेलमा परेका बालबालिकाहरूका लागि काम गर्दै आएको मन्त्री चौधरीले बताउनुभयो ।