
काठमाडौँ । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद्को विस्तार गर्नु भएको हो ।
बिहीबार बिहान दलहरूसँग बसेको बैठकमा भएको छलफलबाट सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटेलगत्तै मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गर्नु भएको हो ।
सहमति अनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक–एक मन्त्रालय लिनेगरी सहमति भएको बताइएको छ । नयाँ मन्त्रिमण्डलमा एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएको बताइएको छ ।
अन्य बाँकी ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीको शपथ लिने बताइएको छ । उनीहरुको आज साँझ ५ बजे शपथ गर्ने तयारी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्