
काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताउनुभएको छ ।
बिहीबार प्रदेश सभा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले यस्तो बताउनुभएको हो ।
नेता थापाले अल्पमत, बहुमत हुनु स्वभाविक भएको बताउँदै संसारको मूल्य मान्यताअनुसार बहुमतले शासन गर्ने र अल्पमतले प्रतिपक्षमा बस्ने भएको बतउनुभयो । उहाँले अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने नहुने बताउनुभयो । उहाँले विधि र पक्रिया पूरा गर्ने बाटोबाट काँग्रेस अघि बढ्ने बताउनुभयो ।
कोशी प्रदेशमा नयाँ सत्ता समीकरणसँगै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बन्नुभएका केदार कार्की अल्पमतमा पर्नुभएको छ । उहाँले आफू संविधानको धारा ५ अनुसार मुख्यमन्त्री बनेको भन्दै आफूलाई समर्थन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । आफूले विश्वासको मत लिन नपर्ने र राजीनामा पनि नदिने अडान लिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्