२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


ललितपुरमा निकालियो विश्व सम्पदा र्‍याली


0
Shares

काठमाडौं । ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा विश्व सम्पदा र्‍याली निकालिएको छ ।

ललितपुरको पाटन ढोकाबाट निस्केको र्‍याली मङ्गलबजार पुगेर विभिन्न कार्यक्रम गरि समापन भएको थियो ।

र्‍यालीका सहभागीहरुले १३ सय ३६ मिटर लामो डोरि समाउँदै मङ्गलबजार पुगेका थिए । उपत्यका समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको हँुदा डोरि पनि सोही नापको बनाइएको आयोजकको भनाइ थियो । कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले २०७२ सालको भुकम्पले क्षति पुर्याएका सम्पदा अधिकांश पुनः निर्माण भइसकेको र बाँकी आगामी २ बर्ष भित्र सम्पन्न भैसक्ने दाबी गर्नु्भयो ।

र्‍यालीमा स्थानीयदेखि बिदेशी नागरिकहरुको पनि उत्साहजनक सहभाागिता रहेको थियो ।