
काठमाडौं । दाङमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आगलागीबाट लमही नगरपालिका –९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटेको मृत्यु भएको हो ।
आगो मृतक बोटेको गोठबाट सल्किएको हो । बोटेको घरका साथै उनका भतिजा पर्ने हुकुमबहादुर बोटेको घरसहित एउटा गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
बिहीबार साँझ चार बजे आगलागी भएको थियो । लमही नगरपालिकाबाट झन्डै ३० किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा दमकल पुग्न समय लागेकाले आगलागीबाट तीन वटा घर र गोठ जलेर नष्ट भएको हो ।
प्रतिक्रिया दिनुहोस्