९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


रास्वपाको उदय र कांग्रेसको शक्ति विस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरे : अध्यक्ष ओली


1.053k
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र नेपाली कांग्रेसको शक्ति बिस्तारलाई विवेचनायोग्य घटनाको रुपमा चित्रण गर्नुभएको छ ।

शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिको रुपमा र नेपाली कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रुपमा उल्लेख गर्दै ती दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय भएको बताउनुभयो । उहाँले संविधानका मुल विषयमा अस्पष्ट र असहमत रहनेहरुको संख्या निर्वाचनपछि प्रतिनिधि सभामा उल्लेख्य भएकाले मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको निष्कर्ष पनि सुनाउनुभयो ।

अध्यक्ष ओलीले निर्वाचन परिणामकै कारण आज मुलुकले ठूलो मूल्य चुकाउनु परेको उल्लेख गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेले सकारात्मक शक्तिहरुलाई साथमा लिएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनैपनि खालको निरंकुशता हुनै नसक्ने पनि बताउनुभयो ।