१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो


377
Shares

एजेन्सी । गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ ।

मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ । जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ ।

साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । इजरायली सेनाले गत हप्तामा सय भन्दा बढी पूर्वाधारहरू नष्ट गरेको छ । ४० भन्दा बढी आतंकवादीलाई हवाई हमलामार्फत मारेको इजरायलले जनाएको छ ।