
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान १० बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज बस्ने बैठकमा सरकारले केही अध्यादेशमार्फत केही ऐनहरूको संशोधन गर्नेछ । धनगढीमा एक दर्जनभन्दा बढी ऐनहरू अध्यादेशमार्फत संशोधन गर्न लागिएको पनि बताइएको छ ।
यसैगरि बैठकमा नीति तथा कार्यक्रम, बजेट अधिवेशन लगायतका बारेमा सिफारिस तथा निर्णय हुने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्