
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१५, हरपूर्वामा कोमबार राति गहुँको भुसा बोकेको ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
राति १० बजे हरपूर्वामा खेतबाट गहुँको भुसा लोड गरेर पिप्राभित्तातर्फ आउँदै गरेको ट्र्याक्टर नहरको बाटोमा अनियन्त्रित भइ पल्टँदा बरहथवा नगरपालिका–६, बस्ने १७ वर्षीय राजकुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवास्थित अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मृतक राजकुमारमा बुवा समेत रहेका ट्र्याक्टर चालक ४० वर्षीय रामअवतार सिंह राय, उनकी पत्नी ४२ वर्षीया शान्ति देवी, उनीहरुको अर्का छोरा १२ वर्षीय बब्लुकुमार सिंह र बरहथवा नगरपालिका ५ का ५० वर्षीय प्रमोद सिंह घाइते भएका छन् ।
घाइते चारै जनालाई बरहथवामा सामान्य उपचारपछि राति नै थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्