२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु


2.301k
Shares

काठमाडौं । झापाको शिवसताक्षीमा जीप र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार बिहान शिवसताक्षी– ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुंगातर्फ जाँदे गरेको मे३प ५००१ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नं को जीप ठोक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा बाटोमै उनीहरूको मृत्यु भएको बताइएको छ । मृतकको सनाखत हुन बाँकी छ भने प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।