
काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज शिष्टाचार भेट हुँदैछ ।
दुई दिने नेपाल भ्रमणमा रहनुभएका राजाले बुधबार प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेट गर्न लाग्नुभएको हो ।
कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनेछ । साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्