१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा राजेन्द्र श्रेष्ठ


1.547k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठले पाउनु भएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन शनिबार अमेरिका गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता श्रेष्ठले पाउनु भएको हो ।

अध्यक्ष यादवले आफू स्वदेश नआउञ्जेलसम्मका लागि कार्यवाहक अध्यक्ष भइ कार्य गर्न श्रेष्ठलाई जिम्मेवारी ताक्नु भएको छ । अध्यक्ष यादवको अनुपस्थितिमा नेता श्रेष्ठले नै कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउने गर्नु भएको छ ।