१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपनिर्वाचन : इलाम र बझाङको मतगणना


3.315k
Shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेले फराकिलो अग्रता बनाउँदै गइरहेको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २ स ८२ को मतान्तर बनाएका हुन् ।

सुहाङले ७ हजार ६ सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ५८ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १ सय ६२ मतसहित चौथो स्थानमा सिमित छन् ।

यसैगरी बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार काँग्रेस अगाडि छ । काँग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ६ हजार ८ सय ५३ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका एमाले उमेदवार दमनबहादुर भण्डारीले ६ हजार ७ सय २ मत प्राप्त गरेका छन् ।

प्राप्त नतिजा अनुसार माओवादी केन्द्रका जनक बुढाले दुई हजार ८ सय २२ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले दुई हजार ९१ मत प्राप्त गरेका छन् ।