१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वालिङमा धारिलो हतियार प्रहार गरि हत्या


1.625k
Shares

स्याङ्जा । स्याङ्जाको वालिङमा धारिलो हतियार (चक्कु) प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । चक्कु प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका ३ घर भएका ३५ वर्षीय निम बहादुर घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

वालिङ नगरपालिका १३ बायाटारीस्थित मुक्ति सारुको घरमा डेरी गरी बस्ने निम बहादुर घर्तीमगरले सोही घरमा डेरा गरी बस्ने १९ वर्षीय आशिष चौधरीलाई आइतबार राति चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

चक्कु प्रहारबाट घाइते भएका उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

छुरा प्रहार गर्ने घर्ती मगरलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएर घटनाको बारेमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।