
काठमाडैं । बझाङमा प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ । दिउँसो १२.३० बजे सम्ममा एमाले र काँग्रेसको मतको अन्तर २० मात्र रहेको छ ।
मतगणनाको शुरुमा एमालेका दमनबहादुर भण्डारीको अग्रता थियो भने बिचमा काँग्रेसका अभिषेकबहादुर सिंहको अग्रता थियो । अहिले फेरि एमाले २० मतले अगाडि छ । २७ हजार ३५७ सदर मतमध्ये एमालेका भण्डारीले १० हजार ४११ मत प्राप्त गरेका छन् भने काँग्रेसका सिंहको प्राप्त मत १०३९१ मत छ ।
यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार ७१३, एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४४९ मत प्राप्त गरेका छन् भने राप्रपाका किशोर खड्काले २३७ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्