२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग गृहमन्त्री लामिछानेको आग्रह


0
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातारण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गर्नुभएको छ ।

सोमबार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लामिछानेले लगानीकर्ताहरुको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गर्नुभयो । उहाँले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्रहरु रहेको उल्लेख गर्दै सरकार लगानी कर्ताहरुको सुरक्षाका लागि सबै किसिमबाट प्रतिवद्ध रहेको बताउनुभयो । जग्गा मूल्याङ्कन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको पनि बताउनुभयो ।

गृहमन्त्री लामिछानेले वन लगायतका विभिन्न समस्याहरुमा पनि सरकारले समाधानका लागि विधेयकमार्फत ऐन बनाइ सहज बनाएको बताउनुभयो । उहाँले नेपालका पर्यटन, विद्युत, आइटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गर्नुभयो ।