
फाइल तस्बिर
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।
आगो निभाउने क्रममा दुई जना घाइते भएकोमा एकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय शङ्कर पहरी र रमेश पहरी घाइत भएकोमा शंकर पहरीको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।
डढेलो फैलिंएर आनन्द वन अस्पताल नजिक पुगेपछि त्यहाँ उपचार गराईरहेका ९० जना बढी कुष्ठरोगका विरामीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ ।
आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको ठूलो टोली परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्