२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कर्णालीमा मन्त्रिपरिषद् विस्तार


351
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक जना राज्यमन्त्री र पाँच जना मन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाहलाई नियुक्त गरिएको छ भने एमालेकै गोमता विकलाई भौतिक राज्यमन्त्री बनाइएको छ ।

यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, ऊर्जा तथा जलस्रोत मन्त्रीमा रणसिंह परियार, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्ग रावत नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरु सपथ ग्रहण पनि आजै सम्पन्न भएको छ ।