
सर्लाही । सर्लाहीको तापक्रम मंगलबार ४२ डिग्री सेल्सीयस पुगेको छ ।
मंगलबार यो वर्षको अहिलेसम्मको उच्च तापक्रम पुगेको हो ।
तापक्रम बढेसँगै घर बाहिर निस्कनै मुश्किल हुनेगरी तातो हावा समेत चलिरहेको छ । उच्च तापक्रम, तातो हावा र अत्यधिक गर्मीले सर्वसाधारणको दैनिक चौपट् बनेको छ । तातो हावासँगै धुलो उड्दा पैदलयात्री, साइकल तथा मोटरसाइकल चालक लगायतलाई निकै कठीन हुने गरेको छ ।
पछिल्ला दुई सातादेखि बढेको गर्मीले जनजीवन नराम्ररी प्रभावित बनिरहेको छ । गर्मीले मजदुर, किसानसँगै विद्यालय जाने बालबालिका समस्यामा परेका छन् । खडेरीले बालीनाली सुक्दा किसानलाई छुट्टै पिरलो पनि छ । चैत पहिलो सातापछि पानी नपर्दा खानेपानीका इनार तथा कुवा समेत सुक्दै गएका छन् ।
प्रतिक्रिया दिनुहोस्