९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन : अध्यक्ष ओली


806
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताउनुभएको छ ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले सो अडान राख्नुभएको हो ।

अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण गर्दा केही पनि नब्रिगिएको बताउनुभयो । साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिग्र्र्र्र्र्रने ओलीको तर्क थियो । उहाँले कोशी प्रदेशको नामाकरणलाई लिएर कसैले पनि संवेनशील बन्नुपर्ने आवश्यकता नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, वागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गर्नुभयो । उहाँले समृद्ध नेपालः सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको बताउनुभयो ।

अध्यक्ष ओलीले अनेकौ भ्रमपूर्ण कुराहरुलाई चिर्दै एमालेलाई विजयी गराएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई धन्यवाद व्यक्त गर्नुभयो ।