६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रधानमन्त्रीद्वारा मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालमा उपकुलपति नियुक्त


1.105k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुभएको छ ।

विश्वविद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्री दाहालले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलियालाई नियुक्त गर्नुभएको हो ।

सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले प्रा.डा.ध्रुवकुमार गौतम, प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा.देवबहादुर खड्काको नाम सिफारिस गरेको थियो ।

यस्तै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बनेको समितिले विभिन्न नाम सिफारिस गरेको थियो ।