२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


रास्वपाले बोलायो सचिवालय, संसदीय दल र केन्द्रीय समितिको बैठक


949
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

बैठक शुक्रबारका लागि बोलाइएको हो । महामन्त्री मुकुल ढकालले शुक्रबार सचिवालयको बैठक र बैशाख २४ गते संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँले बैशाख २९ मा केन्द्रीय समितिको बैठक डाँकीएको पनि जानकारी दिनुभयो ।

इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएपछि त्यसको समिक्षा गरिने महामन्त्री ढकालले बताउनुभयो । रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन् । नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको वैशाख २१ गते दुई महिना पुग्दैछ ।