१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेवाः र तामाङलाई कामकाजी भाषा बनाइँदै


325
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको कामकाजी भाषा ऐनको कार्यान्वयनको घोषणा गर्ने भएको छ ।

बागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आगामी सोमबार बसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा नेवाः र तामाङ भाषा कार्यान्वयन शुभारम्भको घोषणा गर्न लागेको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल विशेष अतिथिको रुपमा रहनुहुनेछ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले गतवर्ष कार्तिक २३ गते राजपत्रमा प्रकाशित भएको विधेयक १८० दिनमा परिपक्व भइ कार्यान्वयनमा जाने ब्यवस्था अनुरुप सोमबार भाषा ऐन कार्यान्यममा आउने बताउनुभयो ।

घोषणा कार्यक्रम अघि नेवाः तथा तामाङ समुदायको सांस्कृति भेषभूषा तथा बाजागाजासहित ¥यालीको आयोजना हुनेछ । प्रदेश सरकारले सो दिन प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।