१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता


0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भेटवार्ता भएको हो ।

भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताउनुभयो । उहाँले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो । संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुग्नुभएका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिनुभएको थियो ।