
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो ४ बजेदेखि बैठक बस्ने सचिवालयले जनाएको छ ।
बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा, आगामी कार्यदिशा र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने जनाइएको छ । वैशाख १५ गते भएको इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो ।
यसैगरि बैठकमा आगामी केन्द्रीय समिति बैठकका साथै सहित अन्य विषयमा पनि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्