१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा व्यक्ति बलियो हुने परिपाटी सुरु भएको छ : नेता गुरुङ


533
Shares

काठमाडौं । नेकपा एमालेका नेता पार्वत गुरुङले नेपालमा देश बलियो बनाउने भन्दा व्यक्ति बलियो हुने परिपाटी विकसित भइरहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै नेता गुरुङले यस्तो बताउनुभएको हो ।

नेता गुरुङले मर्यादित नेपाल, मर्यादित समाज निर्माण गर्नको लागि पत्रकारको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै देश बलियो भएमात्रै सबै बलियो हुने बताउनुभयो । उहाँले देश कमजोर हुँदा सबै कमजोर हुने भन्दै उहाँले सबैले मिलेर देश बनाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको प्रतिष्पर्धा व्यक्ति बलियो हुने देश कमजोर बनाउनेमा भइरहेको जिकिर गर्नुभयो । उहाँले देश कमजोर भएकाले सबैले कमजोर महशुस गरेको अवस्था रहेको बताउनुभयो ।

नेता गुरुङले नेकपा एमालेको मिसन ०८४ देश बनाउने मिसन रहेको बताउनुभयो ।