१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरले सुरु गर्‍यो करको बजार अनुगमन


1.547k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि घरवहाल कर लगायतको बजार अनुगमन सुरु गरेको छ ।

महानगरपालिकाको राजस्व विभागले ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ अभियानको रुपमा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरेर बजारमा परिचालन गरेको छ ।

महानगरले जनप्रतिनिधि, कर्मचारी, राजश्व विभाग कर्मचारी सहितको टोलीले पसल तथा कम्प्लेक्सहरुमा घरबहाल कर र महानगरलाई तिर्नुपर्ने कर तिरे/नतिरेकोबारे अनुमगन थालेको छ । महानगरले कर बुझाउने करदातालाई धन्यवाद दिने र कर नबुझाउने करदातालाई कर तिर्न आग्रह गर्ने अभियान चलाएको बताएको छ ।

महानगरको टोलीले न्युरोड क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनको क्रममा व्यवसाय दर्ता भएपनि नविकरण नगरेको र घरबहाल करमा समस्या देखिएको काठमाडौं महानगर राजश्व विभागका राजस्व अधिकृत रामजी श्रेष्ठले बताउनुभयो । उहाँले नेपाल सरकार र महानगरलाई पनि घरबहाल कर तिर्नुपर्ने भएकाले समस्या देखिएको बताउनुभयो । उहाँले घर भाडा तिरेको बहालकर तिर्ने रकम फरक पाइएकाले महानगरपालिकाले बिचार गर्नुपर्ने देखिएको बताउनुभयो । उहाँले वास्तविक भाडा अनुसार घरबहाल कर तिर्नुपर्ने कानून बनाएर असुल गर्न आवश्यक देखिएको बताउनुभयो ।

नगर प्रहरी निरीक्षक ईश्वरप्रसाद वाग्लेले बजारमा चलेको भाडा भन्दा कममा बहाल सम्झौता भएको पाइएको बताउनुभयो । उहाँले २०७३ साल देखि २०८० सम्म करिव ७ वर्षको बहालकर व्यवसायीहरुले जम्मा २६ हजार मात्रै तिरेको देखिएको बताउनुभयो । उहाँले न्युरोड क्षेत्रमा नै एउटा सटर भाडा ४ हजारसम्म सम्झौता भएको देखिएको बताउनुभयो । महानगरले बहालकर १० प्रतिशत लिने गरेको भन्दै यति सस्तोमा सटर पाउने ठाउँ नभएको बताउनुभयो । उहाँले अनुगमनको क्रममा कतिपय पसलहरु नविकरण नभएको पाइएको बताउनुभयो । उहाँले धेरै व्यवसायीहरुले व्यवसाय कर र बहाल कर नबुझाएको पाएको भन्दै अनुगमनको रिपोर्ट महानगरपालिकालाई बुझाएर नियम अनुसार कारबाही गरिने बताउनुभयो ।

महानगरपालिकाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बीचका सर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ समेत जारी गरेको छ ।