
काठमाडौं । बागमती प्रदेशमा आजबाट तामाङ र नेपाल भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाउने भएको छ ।
प्रदेशभरका सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजका लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
यसै अवसरमा राजधानीको वसन्तपुरमा आज आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशभर कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषाको शुभारम्भ गर्दैहुनुहुन्छ ।
सरकारले गत वर्ष कार्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्