
काठमाडौं । शेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ ।
बजार खुलेदेखि नै निरन्तर घटेको बजार अन्तिममा १५ दशमलव ६२ अंकले घटेर बन्द भएको हो ।
योसंगै नेप्से १९ सय ५८ दशमलव ७५ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३१० वटा स्टकको ६९ लाख ७८ हजार कित्ता शेयर २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
सोमबार बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले सर्वाधिक ९ प्रतिशत कमाएका छन् । तर पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले भने दश प्रतिशत गुमाएका छन् । कारोबार रकमका आधारमा सोमबार सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक ३१ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
सो कम्पनीले सोमबार मात्रै २८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेप्सेमा सूचिकृत १३ वटा उपसमूहमध्ये विकास बैंक उपसमूह शून्य दशमलव २३ प्रतिशतले बढ्ने बाहेक अरु १२ वटै उपसमूह घटेका छन् । वित्त उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ९६ प्रतिशत घटेको छ ।
प्रतिक्रिया दिनुहोस्