
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हाहा, हुहु गर्नेहरु पनि अहिले मन्त्री भएको टिप्पणी गर्नुभएको छ ।
सोमबार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको भएको हो ।
अध्यक्ष ओलीले संसदमा कसैको पनि बहुमत नभएकाले हाहा, हुहु गर्नेहरुले पनि गठबन्धन मिलाउने क्रममा मन्त्री हुने मौका पाउने अवस्था आएको पनि स्पष्ट पार्नुभयो । त्यागको अवमूल्यन र अपमान गर्ने भुई फुट्टा प्रवृत्ति मुलुकमा देखापरेको उल्लेख गर्दै ओलीले त्यस्ता प्रवृत्ति बेलाबेलामा प्रकट भएपनि धेरै टिक्न नसक्ने बताउनुभयो । उहाँले त्यस्ता प्रवृत्तिहरुलाई चिन्न, बुझ्न राजनीतिज्ञ ज्ञवाली जस्ता नेताहरुको देश र जनताप्रतिको समर्पणप्रति सम्मानभाव राख्दै अघि बढ्न पार्टीका नेता, कार्यकर्तार्लाइ सचेत गराउनुभयो ।
अध्यक्ष ओलीले एमालेले आफूलाई राष्ट्रिय निर्णायक शक्तिको रुपमा उभ्याउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्