
एजेन्सी । इजरायलले गाजापट्टीको पूर्वी रफाह शहरमा हमासविरुद्ध आक्रमण शुरु गरेको छ । गाजाका आधाभन्दा बढी जनसंख्याले आश्रय लिइरहेको रफाह शहरमा आक्रमण नगर्न विश्व समुदायले गरेको आग्रह वेवास्ता गर्दै इजरायलले हमला थालेको हो ।
गाजाका सशस्त्र समूहहरूले जवाफमा दक्षिणी इजरायलमा रकेट प्रहार गरेको खबर छ । हमासले युद्धविराम सम्झौतालाई स्वीकार गरेको केही समयपछि रफाहमा इजरायलले हमला थालेको हो ।
हमासले स्वीकार गरेको भनिएको युद्धविराम सम्झौतामा इजरायलले चाहेका महत्वपूर्ण विषयहरु समावेश नभएको भन्दै इजरायली पक्षले उक्त सम्झौता अस्वीकार गरिसकेको छ । यही समझौतामाथि छलफल गर्न कतारी वार्ता टोली आज इजिप्ट जाँदैछ । इजरायली वार्ता टोलीका सदस्यपनि आज कायरो जाने र अप्रत्यक्षरुपले वार्तामा बस्ने जनाइएको छ ।
गाजापट्टीको रफाह शहरमा झण्डै १५ लाख मानिस बसोबास गरिरहेका छन् । अमेरिका भ्रमणमा रहनुभएका जोर्डनका राजा अब्दुल्लाहले रफाहमा इजरायली आक्रमणले क्षेत्रीय तनाव बढाउने भन्दै चिन्ता जनाउनुभएको छ । रफाह शहरका सर्वसाधाणमाथि अर्को नरसंहार मच्चाउने तयारीमा इजरायल रहेको जोर्डनको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्