१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनिल पौडेललाई ९ वर्ष कैद सजाय गर्ने विशेष अदालतको निर्णय


13
Shares

काठमाडौं । विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय तोकेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललगायतबाट २३ करोड २७ लाख विगो र सोही बराबरको जरिवाना असुल्नुपर्ने निर्णय पनि सुनाएको छ ।

यही बैशाख ७ वैशाख गते अदालतले राष्ट्रिय भुक्तानी प्रणालीको अनियमिततामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई दोषी ठहर गरेको थियो । सोही प्रकरणमा मुछिएका सचिव मधुकुमार मरासिनीसहित ६ जनालाई भने अदालते सफाइ दिएको थियो ।