
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
महामन्त्री थापाले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताउनुभयो । उहाँले राजनीतिक कार्यकर्ताहरुले समाज विकासको गति बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भुमिका खेलेको बताउनुभयो । उहाँले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्