
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले जलवायु परिवर्तनबाट हुने असर न्युनिकरणका लागि सबै एक भएर लाग्नुपर्ने बताएको छ ।
बुधबार विश्व रेडक्रस दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जलवायु परिवर्तनबाट हुने असर न्युनिकरणका लागि रेडक्रस सोसाइटी, राज्य र सम्बन्धित संघसंस्थाहरु एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको आवश्यकता र अहिले गर्नुपर्ने मानवीय विपत्तिमा दखापरेका विभिन्न आरोह, अवरोहहरुलाई सबैले मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।
महामन्त्री श्रेष्ठले प्राकृतिक विपत्ति, मानव सिर्जित विपत्तिबाट भएको असर न्युनिकरणका लागि एकजुट हुन आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तन र सबैखाले विपत्तिले मानिसको बसाईंसराई, स्वास्थ्य, जीवनयापनमा महत्वपूर्ण असर गरेको पनि बताउनुभयो ।
हरेक वर्ष ८ मेमा विश्व रेडक्रस दिवस मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्