
काठमाडौं । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधबार सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गर्नुभएको हो ।
ब्रेक थु्र कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना रुपान्तरणकारी आयोजना भएको बताउनुभयो । उहाँले यस्ता आयोजनाहरु निर्माण सम्पन्न हुँदा राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनसँगै मुलुकको उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्गको ब्रेक थु्र हुँदा सबैलाई ऊर्जा मिलेको बताउनुभयो । उहाँले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रुले ठूला पूर्वाधार निर्माणमा नयाँ ऊर्जा र उत्साह थपेको दाबी गर्नुभयो । दाहालले दृढसंकल्पका साथ अगाडि बढ्दा चुनौतीपूर्ण भएपनि आयोजनाहरु सम्पन्न गर्न सकिने उदाहरण प्रश्तुत गरेर यो आयोजनाले सबैमा आत्मविश्वास बढाएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सम्झौता भएको १९ महिनामा सुरुङ मार्ग निर्माणको कार्यले नेपालका पूर्वाधार निर्माण विकासका बहुआयामहरुलाई उद्घाटित गरेको बताउनुभयो । उहाँले पूर्वाधार निर्माणको क्षेत्रमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग महत्वपूर्ण आयाम बन्न पुगेको बताउनुभयो ।
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीमा खसाली वागमती नदी हुँदै वागमती सिंचाई आयोजनामा पु¥याउने छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका ४५ हजार ६०० हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ । करिव ४६ अर्ब लागतको यो आयोजना निर्माण सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस्