
काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो ।
प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा संकल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको छ ।
प्रदेश प्रमुख खापुङले बुधबार मध्यरातमा सरकार गठनको आव्हान गरेपछि बिहिबार दाबी पेश गरेका एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्