२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्न खोजेको आभाष भयो : सांसद शर्मा


0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्नु नहुने बताउनुभएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो ।

सांसद शर्माले राष्ट्रिय सभा प्रतिनिधि सभा भन्दा फरक भएकाले अन्तरबिरोध र अन्तरसंघर्ष ननिकाली मेलमिलापबाट अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले राष्ट्रिय सभामा बिस्तारै प्रतिनिधि सभाको छायाँ पर्न लागेको आभाषा आफूलाई भइरहेको पनि बताउनुभयो । उहाँले राष्ट्रिय सभालाई गरिमायुक्त सभा बनाइराख्न सबै सांसदहरुले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

सांसद शर्माले २०१३ सालको कानून चलाएर संघीयता सबलीकरण हुन नसक्ने बताउनुभयो । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय राष्ट्रको विषय भएको छिटो टुंग्याउन आवशयक रहेको बताउनुभयो ।