२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कोशीका मुख्यमन्त्री कार्कीविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री केदार कार्कीले त्यस विरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विवादको टुंगो लगाउन उक्त मुद्दालाई पूर्ण इजलाशमा पठाउने आदेश गरेको हो ।

अब जेठ ९ गते अर्को सुनुवाई सर्वोच्चको पूर्ण इजलाशमा हुने छ ।