
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । काँग्रेसले सोमबार दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ भने दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने भएको जनाएको छ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने जनाइएको छ ।
आइतबार बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्न भएकोबारे सरकार संसदीय छानबिन समिति बनाउन तयार नदेखिएको निष्कर्ष निकाल्दै थप निर्णय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो ।
काग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानबिन समिति माग गरिरहेको भएपनि सरकार तयार नहुँदा संसद चल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्