२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रिय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताउनुभयो । उहाँले जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको आरोप समेत लगाउनुभयो ।

सांसद यादवले सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गर्नुभएको बताउनुभयो । उहाँले सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको बिरुद्धमा आफूहरु लाग्ने चेतावनी दिनुभयो ।

सांसद यादवले विभाजित भएर जाने नेताहरुले आफूहरुको आन्दोलनमा घाटा हुने बताउनुभयो ।