६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने


0
Shares

काठमाडौं । सरकारले सीप विना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ ।

मगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष बनाउँदै बजारको माग अनुसार उत्पादनशिल रोजगारी प्रवद्र्धन गरिने बताउनुभयो । उहाँले रोजगार व्यवस्थापन र सिप विकासका लागि एकिकृत राष्ट्रिय रोजगार ढाचा कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

राष्ट्रिपति पौडेलले सञ्चालनमा रहेका व्यवसायीक सीप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तर उन्नती गरिने पनि उल्लेख गर्नुभयो । उहाँले रोजगार तथा स्वरोजगार सम्बन्धि प्रधानमन्त्री रोजगार, युवा स्वरोजगार कोष र सिप विकास तथा रोजगार प्रवद्र्धन लगायतका कार्यक्रमलाई एकिकृत रुपमा मर्ज गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले प्रदेशमा निजी क्षेत्रसमेतको सहकार्यमा बाहुप्राविधि शिक्षालय स्थापना गरिने बताउनुभयो । सरकारकाले बेरोजारीलाई रोजगारीको पूर्ण अभिलेखसहित रोजगारी खोज्ने सीप विकास तथा रोजगार प्राधिकरण कोष स्थापना गर्ने व्यवस्था मिलाइने बताउनुभयो । उहाँले श्रम नीतिलाई थप सक्रिय बनाउँदै विभिन्न देशहरुसँगको श्रम सम्झौता पुनारावलोकन तथा थप मुलुकहरुसँग श्रम सम्झौता गरिने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार सम्बद्ध कानूनमा परिमार्जन गरिने बताउनुभयो ।

राष्ट्रपति पौडेलले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन श्रम स्थानान्तरण गर्ने नीति लिइने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जानुपूर्व दिने अभिमुखिकरण तालिमलाई निःशुल्क बनाइने पनि बताउनुभयो ।