२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रिय सभा बैठक स्थगित


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।

मंगलबार अपराह्न बसेको राष्ट्रिय सभा बैठक कांग्रेसले अवरोध गरेको हो ।

कांग्रेस सांसदहरू सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्।

राष्ट्रपतिलाई धन्यवाद दिन राष्ट्रिय सभा बैठक बसेको उक्त बैठक कांग्रेसले अवरोध गरेको छ ।

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक जेठ ३ गते बिहीबार बस्ने गरी स्थगित भएको जानकारी गराउनुभएको छ ।