
काठमाडौं । सत्तारुढ दलका नेताहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्साहप्रद भएको टिप्पणी गरेका छन ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरे, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहालको केही गरौं भन्ने हुटहुटी सम्बोधन हुनेगरी सरकारको नीति तथा कार्यक्रम आएको दाबी गर्नुभएको हो ।
एमालेका सांसद गैरेले समाजवादमा जाने संविधानको परिकल्पना अनुसार सो नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भएपछि सञ्चारकर्मीमाझ नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष राईले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिनुभयो । उहाँले प्रधानमन्त्रीको केही गरौं भन्ने हुट्हुटी नीति तथा कार्यक्रममा समावेश गरिएको पनि बताउनुभयो ।
अध्यक्ष राईले सरकारको नीति तथा कार्यक्रमले परम्परा पनि धान्नुपर्ने भएकोले यसलाई अन्यथा लिन नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्