
काठमाडौं । पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।
निस्दी गाउँपालिका–४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमैको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
बुधबार बेलुका नवलपुरको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको हो ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरुको मध्यबिन्दु अस्पतालमा उपचार जारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्