१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त


0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विपक्षीहरुको बहिष्कारका बीच प्रदेशसभाबाट विश्वासको मत लिनुभएको छ ।

प्रदेश सभाको बिहीबार बसेको बैठकमा प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूह र राप्रपाको विरोधका बीच मूख्यमन्त्री सोडारीले विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गर्नुभएको थियो । प्रदेशसभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी गरेका थिए । विपक्षीहरुको नाराबाजीकै बीच सभामुख भीम भण्डारीले विश्वासको मत सम्बन्धि प्रस्तावमा मत विभाजनको प्रक्रिया अघि बढाउनुभयो ।

त्यसपछि कांग्रेस र नाउपाका सांसदहरू बैठकबाट बाहिरिएका थिए । सत्ता पक्षका सांसदहरू मात्रै बाँकी रहेको बैठकमा सभामुखले मतदान प्रक्रिया पूरा गराउँदै मूख्यमन्त्री सोडारीले विश्वासको मत पाएको घोषणा गर्नुभयो । मत विभाजन अनुसार विश्वासको मतको पक्षमा २८ मत प¥यो ।